अख्तियारद्वरा २ जनाविरुद्ध मुद्दा दायर

२ ८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय, तौलिहवा,  कपिलवस्तुका खरिदारद्वय सूर्यप्रसाद मिश्र  र दुर्गाप्रसाद चौधरी  उपर आरोपपत्र  दायर गरिएको छ । 

जग्गाको मोही नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुससहित आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो ।

श्रोतका अनुसार जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 99 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com