अख्तियारद्वारा तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलका प्रधानाध्यापक घनश्यामराज काफ्ले, लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.विरुद्ध विशेष अदालत काठमाडौंमा विहीबार मुद्धा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले निजहरू लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.लाई सेवाग्राहीसँग रु.१,५०,०००/- घुस वापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

निजहरुले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न पश्चात मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग एक लाख पचास हजार घुस लिएको प्रमाण भेटिएकोले निजहरुविरुद्ध मुद्धा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

Total Page Visits: 508 - Today Page Visits: 0

2 thoughts on “अख्तियारद्वारा तीन जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर

Leave a Reply

Your email address will not be published. Required fields are marked *