नेपाल प्रहरीका सहायक निरीक्षक चौधरी उपर अख्तियार द्वरा दायर

२ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थाई प्रहरी पोष्ट कठुधार महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक बृजेश प्रसाद चौधरी उपर आरोपपत्र दायर गरिएको छ । 

चौधरीले नेपाल-भारत सीमा बजारबाट घरमा प्रयोग गर्ने नुन, तेल, चिनी लगायतका सामानहरु खरिद गरी ल्याउने क्रममा उक्त सामानहरु ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस रकमसहित आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले पक्राउ गरेको थियो ।

घुस/रिसवत बापत रु.३५,०००।–रकम माग गरी सोही दिन लिएको १९ हजार १ सय र अघिल्लो दिन घुस रिसवतबापतको बाँकी १३ हजार गरी कुल विगो ३२ हजार १०० सय कायम गरी निज विरुद्ध मुद्धा दायर गरिएको प्रवक्ता कोइरालाले बताए ।

Total Page Visits: 74 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com