गोरखापत्र संस्थान, धर्मपथका तत्कालीन उप-सम्पादक बिरुद्ध मुद्दा दायर

२ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थान, धर्मपथका तत्कालीन उप-सम्पादक तह-७ पदमा कार्यरत बासुदेव पोखरेल र त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलिया उपर आरोपपत्र  दायर गरिएको छ । 

पोखरेलले शैक्षिक योग्यताको प्रमाणपत्र  नक्कली बनाई सेवा प्रवेश तथा बढुवा समेत भएको पाईएको छ। साथै थपलियाले गलत मनसायका साथ प्रमाणीकरण गरेको देखिएको छ।

श्रोतका अनुसार उप-सम्पादक पोखरेल र परीक्षा प्रशासन महाशाखा प्रमुख थपलिया उपर आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 88 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com