घुस/रिसवत माग गर्ने नियन्त्रणमा लिई अनुसन्धान भइरहेको

जिल्ला धनुषा, धनौजी गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा कार्यरत वडा सचिव (खरिदार) सुशील ठाकुरले जन्म प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज खरिदार सुशील ठाकुरलाई सेवाग्राहीसँग रु. २०,०००।– (बीस हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।अनुसन्धानको सिलसिलामा जिल्ला धनुषा, धनौजी गाउँपालिका २ नं. वडा कार्यालयका वडा सचिव (खरिदार) सुशील ठाकुरले सेवाग्राहीलाई नियमानुसार जन्म प्रमाणितको सिफारिस उपलब्ध नगराई आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी घुस/रिसवत दिन बाध्य पारी सोबापत रकम रु. २०,०००।– (बीस हजार) लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा निज सुशील ठाकुरलाई बिगो रु. २०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा कार्यरत नायब सुब्बा डोर प्रसाद पन्थीले अभिलेख अध्यावधिक गर्ने प्रयोजनका लागि आउने अख्तियारवाला व्यक्तिहरुबाट काम सहज गरिदिए बापत घुस/रिसवत माग गरेको भन्ने सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठ बिच रु. ५,०००।–(पाँच हजार) लिने दिने क्रममा उक्त रकमसहित निजहरु दुवैलाई कार्यालय परिसरबाट मिति २०७६।११।२८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 638 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *