जिल्ला काठमाडौं, नापी कार्यालय, साँखुमा कार्यरत अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञानबहादुर कार्की नियन्त्रणमा

९ मङ्सीर,काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला काठमाडौं शंखरापुर नगरपालिका वडा नं. ७ साँखु स्थित नापी कार्यालय, साँखुमा कार्यरत अमिन बुढाथोकी र सेवाग्राही ज्ञान बहादुर कार्कीलाई आइतबार नियन्त्रणमा लिएको छ ।

अमिन सुशिल बुढाथोकी र सेवाग्राही ज्ञान बहादुर कार्कीलाई अख्तियारको टोलीले रू. ४ हजार रकम सहित दुवैलाई कार्यालय अगाडि रहेको किराना पसलको छेउमा रहेको गल्लीबाट पक्राउ गरेको हो।

सेवाग्राही ज्ञान बहादुर कार्कीसँग जग्गाको ट्रेस नक्सा बनाई दिए वापत घुस/रिसवत रु. ४ हजार रकमसहित लिने दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले  बुढाथोकी र कार्कीलाई पक्राउ गरेको हो।

श्रोतका अनुसार बुढाथोकी र कार्कीलाई मङ्सीर ८ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 941 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *