प्रधानाध्यापक उपर शैक्षिक योग्यताको नक्कली (झुठ्ठा) प्रमाणपत्र हुँदा आरोप-पत्र

श्री भुमिराज प्राथमिक विद्यालय बडम डडेल्धुराका राहत शिक्षक (प्रधानाध्यापक) कलापति कुमारी शर्मा भन्ने कलापति देवी अवस्थीको शैक्षिक योग्यताका प्रमाण-पत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यामिक शिक्षा परिषद क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेश गरी मिति २०५७।०८।०१ देखि श्री भुमिराज प्राथमिक विद्यालयको निजी स्रोतमा र मिति २०६१।०९।२४ मा राहत दरबन्दीमा नियुक्ति भई सरकारी सुविधा एवं लाभसमेत लिई साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 12 र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज कलापति देवी अवस्थीलाई साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 12 र दफा 29 को उपदफा (2) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरि

Total Page Visits: 1117 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *