प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारउपर आरोपपत्र दायर

१० मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला बारा, प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवार उपर आरोपपत्र दायर गरिएको छ ।

कलवारले सेवाग्राहीले खरिद गरेका खाद्यान्‍न सामानहरु बिक्री वितरण गर्दा दु:ख हैरानी नदिने तथा सहजता गरिदिने प्रयोजनको लागि रु.६० हजार घुस/रिसवत लिएको स-प्रमाण पुष्टि भएको प्रवक्ता कोइरालाले बताए ।

श्रोतका अनुसार कलवार उपर आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 842 - Today Page Visits: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *