भिमफेदी कारागारका जेलर र निजकी श्रीमतीविरुद्ध मुद्दा दायर

१ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी, मकवानपुरका जेलर चिरञ्जिवी थापा र निजकी श्रीमती गोमा कट्टेल थापा उपर आरोपपत्र  दायर गरिएको छ । 

थापाले सार्वजनिक सेवा प्रवेश गरेको २०४५ साल जेष्ठ ४ गते देखि आ.व. २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा निजले सोही अवधिमा सम्पत्ति सिर्जना तथा खर्च लगानीमा गरेको खर्च व्यय घटाउँदा सम्पत्तिको स्रोत खुल्न नआएबाट स्रोत खुल्न नआएको सम्पत्ति १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ ९५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाईएको छ।

श्रोतका अनुसार स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ जेलर थापा र उनकी श्रीमती गोमा कट्टेल थापासमेतलाई प्रतिवादी बनाई मुद्धा दायर गरिएको छ ।

Total Page Visits: 100 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com