सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमल, काठमाडौंमा नृत्य कलाकार (तह ५) पदमा कार्यरत अंजु रंजितकारको शैक्षिक प्रमाणपत्र छानविन गरि पाउँ भन्ने ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा निज ‘ख’ श्रेणीको कलाकार, नृत्य प्राविधिक सेवा (कलाकार समूह) तह ४ पदमा स्थायी नियुक्ति लिइ नृत्य कलाकार तह ५ पदमा विशेष बढुवा हुनको लागि जनज्योति माध्यमिक विद्यालय, नवलपरासीबाट कक्षा १० (सेन्टअप) उत्तीर्ण गरेको झुठ्ठा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएकोले निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
वेशिशहर नगरपालिका, गण्डकी प्रदेशमा तत्काल कार्यरत टाईपिष्ट नायब सुब्बा गिता अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गरि पाउँ भन्ने ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा निज वेशिशहर नगरपालिका, नगरपालिकाको कार्यालय, गण्डकी प्रदेशमा तत्काल कार्यरत टा.ना.सु. गिता अधिकारीले बिहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट एस.एल.सी. तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी टाईपिष्ट खरिदार पदमा प्रवेश गरी टाईपिष्ट नायब सुब्बा पदमा रही सरकारी सुविधा एवं लाभ हासिल गरेको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत तह-५ सुपरभाईजर (मेकानिकल) चक्रपाणी भट्टराईको शैक्षिक योग्यताको प्रमाण-पत्रहरू प्रमाणीकरण हुन नसकेको हुँदा थप छानविन गरि पाउँ भन्ने ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा निज चक्रपाणी भट्टराईले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट हाई स्कुल तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नेपाल विद्युत प्राधिकरणमा तह-४ सिनियर वेल्डर पदमा सेवा प्रवेश गरी तह-५ सुपरभाईजर (मेकानिकल) पदमा बढुवासमेत भई कालिगण्डकी ए जलविद्युत आयोजना, स्याङ्जामा कार्यरत रही सरकारी लाभ तथा सुविधासमेत लिईएको देखिँदा निजको उक्त कार्य प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक त्रिलोक वहादुर चन्द समेतले लेखापालहरुलाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने साथै निजहरुले सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाली आफैले खाईमासेको तथा लास ओसारेको भनी नक्कली विल भरपाईको रकमसमेत लाखौं खाएको भन्ने समेतको ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. कृष्ण बहादुर कुँवर, लेखापाल प्र.ना.नि. माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरु प्र.ह. टंक बहादुर मल्ल एवं प्र.ज. सर्वराज खत्रीसमेतले मिलेमतो गरी कार्यालयमा निकासा भएको बजेटबाट प्रहरी कर्मचारीहरुको २०७१ भाद्र महिनादेखि आ.व. २०७२ को भाद्र महिनासम्मको तलब, स्थानीय भत्ता तथा राशन समेतको शीर्षकको तलबी भर्पाईको जोडजम्मा फरक पारी बढी निकालेको रु.१५,९२,२३८/१४ तथा जिल्ला प्रहरी कार्यालय हुम्लामा र अन्तर्गत कार्यरत नै नरहेका व्यक्ति ईश्वरी श्रीषको नामबाट राशन तथा स्थानीय भत्ता शीर्षकमा खर्च लेखी निकालेको देखिएको रु.४,०२,७९०/९२ समेत कुल जम्मा रु.१९,९५,०२९/०६ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरी निकाली खाई मासेको देखिएबाट निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा हिनामिना गरी खाई मासेको देखिएको रु.१९,९५,०२९/०६ (अक्षरेपी उन्नाईस लाख पन्चानब्बे हजार उनन्तीस रुपैयाँ पैसा छ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम यी आरोपीहरूबाट बिगो असुल उपर हुन समेत मागदावी लिइएको छ।
साथै कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापालहरु भक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्तासमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्म्सभन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निजभक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसूर गरेको हुँदा निज भक्त बहादुर शाही र भवानी प्रसाद अधिकारीलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको छ।यसैगरी महालेखापरीक्षकको कार्यालयको तर्फबाट लेखापरीक्षणको लागि डोर खटिएका निर्देशक प्रेम कुमार अधिकारी लेखापरीक्षण अधिकारीहरु छत्रनाथ शर्मा गैरे र संगिता फुयालले जिल्ला प्रहरी कार्यालयको उल्लेखित आर्थिक वर्षको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्ता समेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्म्सभन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निज प्रेम कुमार अधिकारी, छत्रनाथ शर्मा गैरे र संगिता फुयालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई सोही ऐनको दफा १९ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक त्रिलोक वहादुर चन्द समेतले लेखापालहरुलाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने साथै निजहरुले सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा भ्रमणभत्ता निकाली आफैले खाईमासेको तथा लास ओसारेको भनी नक्कली विल भरपाईको रकमसमेत लाखौं खाएको भन्ने समेतको ब्यहोराको उजुरी उपर अनुसन्धान हुँदा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन कार्यालय प्रमुख प्र.ना.उ. त्रिलोक बहादुर चन्द, लेखापाल प्र.ना.नि. माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरु प्र.ह. टंक बहादुर मल्ल र प्र.ज. सर्वराज खत्रीसमेतले मिलेमतो गरी निकासा भएको बजेटबाट जि.प्र.का. हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीहरुको २०७२ असोज महिनादेखि २०७३ असार महिनासम्म तलब, स्थानीय भत्ता तथा राशनसमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको रु. ३०,९०,५०८/५० तथा कार्यरत नै नरहेका ईश्वरी श्रीष भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा राशन भत्तामा खर्च गरेको देखिएको रु.६९,०५१/९२ समेत गरी जम्मा रु.३१,५९,५६०/४४ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरी निकाली खाई मासेको देखिएबाट निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूर गरेको स-प्रमाण पुष्टि हुन आएको हुँदा हिनामिना गरी भ्रष्टाचार गरेको देखिएको बिगो रु.३१,५९,५६०/४४ (अक्षरेपी एकतीस लाख उनन्साठी हजार पाँच सय साठी रुपैयाँ पैसा चौवालीस) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय खण्ड (छ) बमोजिम सजाय गरी बिगो रकम मध्ये महालेखापरीक्षक कार्यालयको डोरले आ.व. २०७२/०७३ को लेखापरीक्षण गरी औँल्याएपश्चात निजहरुले बेरुजु खातामा जम्मा गरेको रु.३१,२७,४१०/- घटाई बाँकी हुन आउने रु.३२,१५०/४४ (अक्षरेपी बत्तीस हजार एक सय पचास रुपैयाँ पैसा चौवालीस) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम निजहरुबाट असुल उपर हुन मागदावी लिइएको छ।
साथै कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्त बहादुर शाहीले जिल्ला प्रहरी कार्यालयको उल्लेखित अवधिको लेखापरीक्षण गर्ने क्रममा प्रहरी कर्मचारीहरुको तलब, स्थानीय भत्ता तथा राशन भत्तासमेतको भरपाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको राशन भत्ता शीर्षकमा स्वीकृत नर्म्सभन्दा अस्वाभाविक रुपमा बढी दरमा खर्च भुक्तानी लेखी निकाली सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै लेखापरीक्षण गर्दा निजी लाभका लागि बदनियतपूर्वक कारोबारमा नभएको कुरा देखाउने वा भए गरेका तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएबाट निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम कसूर गरेको पुष्टि हुन आएको हुँदा निजलाई सोही ऐनको सोही दफा १९ को उपदफा (१) बमोजिम बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।