जिल्ला आयोजना कार्यान्वयन ईकाई बबरमहल, काठमाडौं मार्फत विपद ब्यवस्थापन विभाग का.म.न.पा काठमाडौंका सव-इन्जिनियर गणेश ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासा गर्ने प्रयोजनका लागि घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीद्वारा निज गणेश ठकुल्लालाई रु.२०,०००।- (बीस हजार) लिइसकेको अबस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा शहरी विकास मन्त्रालय, जिल्ला आयोजना कार्यान्वयन इकाई बबरमहल काठमाडौंबाट खटिई काठमाडौं महानगरपालिका विपद व्यवस्थापन विभाग बबरमहलका सव-इन्जिनियर गणेश ठकुल्लाले सेवाग्राहीसँग घर निर्माण सम्पन्न गरी दोस्रो र तेस्रो किस्ताको रकम निकासाको काम अगाडि बढाई दिन्छु भनी रु. २०,०००।– (बीस हजार) घुस/रिसवत माग गरी लिएको देखिंदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज गणेश ठकुल्लालाई बिगो रु. २०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।