भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज चित्र बहादुर के.सी.लाई घुस बापतको रकम रू.२,००,०००/-(दुइ लाख) लिइसकेको अवस्थामा नियन्त्रणमा लिईएको थियो।
अनुसन्धानको सिलसिलामा भेरीगंगा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलको आदेश योजना र निर्देशनमा खानेपानी तथा सरसफाई टेक्निसियन चित्र बहादुर के.सी.ले उक्त नगरपालिकाको वडा नं. ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्नपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत लिएको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निजहरू कमलप्रसाद पौडेल र चित्र बहादुर के.सी.लाई बिगो रू. रू.२,००,०००/-(दुइ लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।