रू. ३०,०००।– रकमसहित रङ्गेहात नियन्त्रणमा – अख्तियार

जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुलीले अदालतमा विचाराधिन मुद्दामा नियन्त्रणमा लिएको गाडी छुटाईदिने प्रयोजनकालागि विभिन्‍न बहानामा घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवम् कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज लोकनाथ पराजुलीलाई सेवाग्राहीसँग रु. ३०,०००।–(तीस हजार) घुस/रिसवत बापतको रकम लिईसकेको अवस्थामा उक्त रकमसहित पोखराको पर्स्याङ्ग चोक नजिकबाट मिति २०७६/१२/०५ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।  

Total Page Visits: 770 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *