ललितपुरका इन्जिनियर घुस रकमसहित नियन्त्रणमा

३ मङ्सीर, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महर्जनलाई मंगलबार नियन्त्रणमा लिएको छ ।

इन्जिनियर महेन्द्र महर्जनलाई अख्तियारको टोलीले ललितपुर महानगरपालिका वडा नं. २८ बाट सेवाग्राहीसँग रु.१० हजार घुस/रिसवत वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो।

 सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले महर्जनलाई पक्राउ गरेको हो।

श्रोतका अनुसार महर्जनलाई मङ्सीर ३ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 46 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Social Media Auto Publish Powered By : XYZScripts.com