
१२ मङ्सीर,काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सचिव (खरिदार) बास्कोटालाई बुधबार नियन्त्रणमा लिएको छ ।
वडा सचिव (खरिदार) बास्कोटालाई अख्तियारको टोलीले रू.२५ हजार घुस रकम लिइसकेको अवस्थामा गोकर्णेश्वर नगरपालिका वडा नं.-६ स्थित लक्षमीनारायण मन्दिरको परिसरबाट पक्राउ गरेको हो।
सेवाग्राहीको घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले बास्कोटालाई पक्राउ गरेको हो।
श्रोतका अनुसार बास्कोटालाई मङ्सीर ११ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 423 - Today Page Visits: 1