श्री जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका प्रधानाध्यापक महेन्द्र महतो रू.२,०००/- घुस रकमसहित नियन्त्रणमा

श्री जनता माध्यमिक विद्यालय नकटाजिझ, धनुषाका प्रधानाध्यापक महेन्द्र महतो (मा.वि.तृतीय श्रेणी) ले सेवाग्राहीलाई SEE परीक्षाको रजिष्ट्रेशन फारम नभरेकोले फारम भरी प्रवेशपत्र दिने भनी अभिभावकले प्रवेशपत्र लिन जाँदा घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज प्रधानाध्यापक महेन्द्र महतोलाई सेवाग्राहीसँग रू.२,०००/- (दुई हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित निजकै विद्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 619 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *