सेवाग्राहीसँग घुस/रिसवत माग गर्ने नियन्त्रणमा – अख्तियार दुरुपयोग अनुसन्धान आयोग

नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रीकल सुपरभाईजर कैलाश प्रसाद दाहालले नयाँ क्षमता बृद्धिको मिटर जडानकोलागि नियमानुसार राजस्व तिरी प्रकृया अगाडी बढाउँदा झन्झटिलो हुन्छ भनि काममा आलटाल गरी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज सुपरभाईजर कैलाश प्रसाद दाहाललाई सेवाग्राहीसँग रू.२०,०००/- (बीस हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित निजकै कार्यालयको सेवाग्राही फाँटबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

श्री राम्चे आधारभूत विद्यालय मराङ, माग्दीका शिक्षक छोटेलाल ठाकुरले मध्यमा परीक्षाको नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी कार्य गरिरहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले भारत स्थित श्री मोतिउर्रहमान संस्कृत प्राथमिक सह-माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको झुठ्ठा एवं नक्कली प्रमाण-पत्र पेश गरी अस्थायी प्रा.वि. शिक्षक पदमा नियुक्ति पाई राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 12 र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि हुन आएको हुँदा निज छोटेलाल ठाकुरलाई साविक भ्रष्टाचार निवारण ऐन, 2017 को दफा 12 र दफा 29 को उपदफा (2) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 754 - Today Page Visits: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *