१२ हजार घुस सहित खरिदार र लेखापढि व्यवसायी अख्तियारको फन्दामा

४ कात्तिक, काठमाडौं ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराबाट खरिदार र लेखापढि व्यवसायीलाई आइतबार घुससहित नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालय लेखनाथ, कास्कीका खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी  मनोहरि भट्टराईलाई अख्तियारको टोलीले १२ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सेवाग्राहीको  जग्गा नामसारी गरिदिने समेत विभिन्न बहानामा मिलेमतो गरी घुस/रिसवत माग गरिरहेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले खरिदार पौडेल र लेखापढि व्यवसायी भट्टराईलाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार दुबैजनालाई कात्तिक ३ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 481 - Today Page Visits: 1

One thought on “१२ हजार घुस सहित खरिदार र लेखापढि व्यवसायी अख्तियारको फन्दामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *