३ लाख कित्ता शेयरको लागि आज देखि आवेदन शुरु

चन्द्रागिरी हिल्स कम्पनीको आइपिओ भोलि अर्थात मंसिर १७ गतेदेखि खुल्दैछ । कम्पनीले बुधबारदेखि आयोजना प्रभावित स्थानिय वासीको लागि ३ लाख कित्ता सेयरा बिक्री गदैछ । स्थानियले भने लगानी गर्न आज नै आवेदन दिनसक्नुहुन्छ ।

कम्पनीले पहिलो चरणमा भोलीदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा।वि।स।को वडा नं ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) का स्थानियले मात्रै यस चरणमा आवेदन दिन पाउनेछन् ।

इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले पुस १ गतेदेखि दोस्रो चरणको आइपिओ निष्कासन गर्नेछ र निष्कासित आइपिओ सर्वसाधारणले पनि भर्न पाउनेछन् ।

Total Page Visits: 20292 - Today Page Visits: 8

One thought on “३ लाख कित्ता शेयरको लागि आज देखि आवेदन शुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *