५ लाख घुस सहित अख्तियारको फन्दामा

१५ असोज, काठमाडौं ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा, काठमाडौंबाट ओभरसियरलाई मंगलबार घुससहित नियन्त्रणमा लिएको छ ।

लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि. काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई अख्तियारको टोलीले ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाण-पत्र लिनको लागि टोखा नगरपालिकाका कर्मचारीसमेतलाई मिलाउनको लागि सेवाग्राहीसँग घुस रकम मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालको टोलीले ओभरसियर चौधरीलाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार चौधरीलाई असोज १४ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

->



         
-> 
  


  
Total Page Visits: 151 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *