
२७ कात्तिक, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीबाट सूचक पदमा कार्यरत झालाई बुधबार त्यसैगरी आयोगले बर्दिबासबाट शाखा प्रबन्धक कुमार र वरिष्ठ सहायक महतोलाई नियन्त्रणमा लिएको छ ।
राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रही सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सिमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झालाई इटहरीको टोलीले निजलाई ५ हजार तथा कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा कार्यरत स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतो र शाखा प्रबन्धक आलोक कुमारलाई अख्तियारको टोलीले कार्यालय परिसरबाट स्रोत नखुलेको ६८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
झालाई भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरी दिने भनी सेवाग्राहीबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोली तथा वरिष्ठ सहायक रामबाबु महतो र शाखा प्रबन्धक आलोक कुमारलाई बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।
श्रोतका अनुसार तीनैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।