
३ मङ्सीर, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका वडा नं. २८ का इन्जिनियर महर्जनलाई मंगलबार नियन्त्रणमा लिएको छ ।
इन्जिनियर महेन्द्र महर्जनलाई अख्तियारको टोलीले ललितपुर महानगरपालिका वडा नं. २८ बाट सेवाग्राहीसँग रु.१० हजार घुस/रिसवत वापतको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो।
सेवाग्राहीको घरको निर्माण सम्पन्न पश्चात निर्माण सम्पन्न प्रमाण-पत्र लिनका लागि रकम लाग्छ भनि घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले महर्जनलाई पक्राउ गरेको हो।
श्रोतका अनुसार महर्जनलाई मङ्सीर ३ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 895 - Today Page Visits: 1