
४ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री राष्ट्रिय प्राथमिक विद्यालय धनुषाकी शिक्षक संगीता कुमारी महतो उपर आरोपपत्र दायर गरिएको छ ।
महतोले शिक्षक सेवा प्राथमिक तह राहत कोटामा नियुक्ति हुँदाका बखत शिक्षक सेवा आयोग, सानोठिमी भक्तपुरबाट प्राप्त प्रा.वि. तहको स्थायी अध्यापन अनुमति पत्र झुठ्ठा एवं नक्कली पेश गरी सरकारी लाभ/सुविधा लिएको पुष्टी भएको प्रवक्ता कोइरालाले बताए ।
श्रोतका अनुसार महतो उपर आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
Total Page Visits: 971 - Today Page Visits: 1