लेखा अधिकृत र लेखापाल रिसवत सहित नियन्त्रणमा

जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले सूचना/बिज्ञापन गरेकोमा दिएको भुक्तानी रकम वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले लेखा शाखामा कार्यरत लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर के.सी.ले घुस/रिसवत वापतको रकम रु. ३०,०००/- (तीस हजार) लिइसकेको अवस्थामा सोही कार्यालय परिसरबाट मिति २०७६।०९।०९ गते उक्त रकमसहित दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 780 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *