सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंह विरुध आरोपपत्र दायर

घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज नवीनकुमार सिंहलाई सेवाग्राहीबाट घुस/रिसवत बापतको रु. ७०,०००/- (सत्तरी हजार) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा घरेलु तथा सना उद्योग कार्यालय मलंवाका करार सेवाका कम्प्युटर अपरेटर नवीनकुमार सिंहले सेवाग्राहीसँग उद्योग दर्ता गरिदिएबापत घुस/रिसवत लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज नवीनकुमार सिंहलाई बिगो रु. ७०,०००।– (सत्तरी हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 746 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *