नक्कली शैक्षिक योग्यताको प्रमाण हुँदा भ्रष्टाचार मुद्दा

जिल्ला हुलाक कार्यालय, बाँकेमा तत्कालीन खरिदार पदमा कार्यरत निर्मलाकुमारी के.सी.ले. नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मुखिया पदबाट खरिदार पदमा बढुवा भई कार्यरत रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश, भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी खरिदार पदमा बढुवा भई लाभ सुविधासमेत लिएको पुष्टि हुन आएकोले तत्कालीन खरिदार निर्मलाकुमारी के.सी. (हाल स्वेच्छिक अवकाश प्राप्त) ले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 734 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *