श्री शिव मा.वि. केशवटार तनहुँका शिक्षक श्रीप्रसाद पौडेलले सेवा प्रवेश तथा बढुवाको सिलसिलामा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले भारतस्थित माध्यमिक शिक्षा परिषद उत्तर प्रदेश इलाहवादको इन्टरमिडिएट परीक्षा उत्तीर्ण प्रमाणपत्र पेश गरी नि.मा.वि. तहको शिक्षकमा बढुवा भई हाल कालिका मा.वि. बन्दिपुर-२ तनहुँमा प्र.अ. को जिम्मेवारीमा रहेकोले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज श्रीप्रसाद पौडेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
श्री शिव माध्यमिक विद्यालय केशवटार तनहुँका शिक्षकश्रीप्रसाद पौडेल उपर आरोपपत्र
Total Page Visits: 1022 - Today Page Visits: 1