सडक डिभिजन कार्यालय, लहान सिराहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहले सेवाग्राहीसँग रुपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज विन्दा साह भन्ने विनोद साहलाई सेवाग्राहीबाट रु. ३,००,०००।-(तीन लाख) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा सडक डिभिजन लहान सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साहले सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानी समेतका काम गरिदिएबापत रु. ३,००,०००।– (तीन लाख) घुस/रिसवत लिएको देखिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निज विन्दा साह भन्ने विनोद साहलाई बिगो रु. ३,००,०००।– कायम गरी भ्रटाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ
सडक डिभिजन लहान सिरहाका निमित्त डिभिजन प्रमुख उपर बिगो रु. ३,००,०००।– कायम गरी आरोपपत्र दायर
Total Page Visits: 977 - Today Page Visits: 1