श्री शिव प्रा.वि. वेग-६ मा कार्यरत शिक्षिका दुत कुमारी गर्बुजाको देश बाहिर (भारतीय) बोर्डबाट जारी गरिएको शैक्षिक योग्यताको प्रमाणपत्र रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५६ सालमा निजी स्रोतबाट प्रा.वि. शिक्षकको रुपमा सेवा प्रवेश गरी मिति २०६१।०५।२३ मा प्रा.वि. तह अस्थाई शिक्षक पदमा नियुक्त भई मिति २०७५।१२।२९ मा स्थायीसमेत भई लाभ लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको हुँदा श्री कालिका मा.वि. रघुगंगा -१, तिप्ल्याङ म्याग्दीमा प्रा.वि. तहको शिक्षिका पदमा कार्यरत दुत कुमारी गर्बुजालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
तिप्ल्याङ म्याग्दीका प्रा.वि. शिक्षिका दुत कुमारी गर्बुजाउपर शैक्षिक योग्यताकोनक्कली (झुठ्ठा) प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर
Total Page Visits: 917 - Today Page Visits: 3