२७ कात्तिक, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिबासबाट शाखा प्रबन्धक कुमार र वरिष्ठ सहायक महतोलाई नियन्त्रणमा लिएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरमा कार्यरत स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतो र शाखा प्रबन्धक आलोक कुमारलाई अख्तियारको टोलीले कार्यालय परिसरबाट स्रोत नखुलेको रु.६८,०००।–(अरसठ्ठी हजार) रकमसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
बिक्री नभई बाँकी रहेको विभिन्न जातका धानहरु लिलाम बिक्री प्रक्रियामा अनियमितता गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले गरेको छानबिनमा उक्त कार्यालयको गोदाममा मौज्दात रहेको धानको लिलाम प्रकृया अगाडि बढाईएको कागजात रहेको तथा गोदाम खाली गरी लिलाम भएको भनिएको धानको नगदी रसिद समेतबाट दाखिला गरेको नदेखिए पश्चात् उक्त कार्यालयका स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतोको कार्यकक्षबाट स्रोत नखुलेको रु.६८,०००।–(अरसठ्ठी हजार) रकमसहित नियन्त्रणमा लिएको हो ।
श्रोतका अनुसार कुमार र महतोलाई कात्तिक २६ गते नियन्त्रणमालिइ थप अनुसन्धान भइरहेको छ ।