
जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौलेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेलको निर्देशनमा सवारी चालक संचित दुलालले घुस/रिसवत बापतको रु. १,००,०००।– (एक लाख) लिई जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. १२ स्थित वलम्बु च्याउ सहाकरी अगाडी जाँदै गर्दाको अवस्थामा दुवै जनालाई उक्त रकमसहित मिति २०७६।१०।१९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
तेस्कातै काठमाडौं जिल्ला स्थित यातायात व्यवस्था सेवा कार्यालय, सानो भर्याङ स्वयम्भुमा कार्यरत अधिकृत (छैठौतह) शिवलाल पौडेललाई सेवाग्राही दिपक खतिवडाले सवारी कर र प्रदुषणबापतको रकम तिर्नका लागि घुस/रिसवत रु. १३,०००।– (तेह्र हजार) दिएको/लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उक्त रकमसहित कार्यालय परिसरबाट निजहरु दुबै जनालाई मिति २०७६।१०।१९ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।