९ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका वडा नं. ११ वस्ने ममताकुमारी गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष गजेन्द्रप्रसाद कुर्मी, जिल्ला प्रशासन कार्यालय पर्साका नायव सुव्वा चन्द्रदेव ठाकुर र सोही कार्यालयका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेल उपर आरोपपत्र दायर गरिएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. ११ को बसाइसराइको सरकारी कागजातलाई सच्याई वडा नं. १५ वनाएको, ममताकुमारी गुप्ताको नामको नेपाली नागरिकताको पतिको नाम खण्डमा जयप्रकाश प्रसाद गुप्ता लेखी सच्चाएको, स्थानीय पञ्जिकाधिकारीबाट जारी हुने सरकारी कागजातहरुमा समेत नाम लगायतका विवरण सच्याई झुट्टा विवरणको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं. ११ वस्ने आशिषकुमार गुप्ताको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्य भएको प्रवक्ता कोइरालाले बताए ।