
१३ मङ्सीर,काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका प्रहरी निरीक्षक साहलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
प्रहरी निरीक्षक रामकिशोर साहलाई अख्तियारको टोलीले रू.९० हजार रकम लिइसकेको अवस्थामा उक्त रकम सहित धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं. ८ स्थित होटल सीता प्यालेसबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी उजुरी परेको र सो मिलाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले साहलाई पक्राउ गरेको हो।
श्रोतका अनुसार साहलाई मङ्सीर १३ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 1081 - Today Page Visits: 2