नायब सुब्वा घुस रकमसहित नियन्त्रणमा

५  मङ्सीर,काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेका नायब सुब्वा जसपाउलाई बुधबार नियन्त्रणमा लिएको छ ।

नायब सुब्वा रोशकाजी जसपाउलाई   अख्तियारको टोलीले रु. २० हजार लिएको अवस्थामा निजकै कार्यालय परिसरबाट उक्त रकमसहित पक्राउ गरेको हो।

बिक्री गरेको जग्गाको राजश्व र लाभकरसमेत दाखिला गरी जग्गा धनी प्रमाण पुर्जा लिने प्रयोजनका लागि मालपोत कार्यालय गएका सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले जसपाउलाई पक्राउ गरेको हो।

श्रोतका अनुसार जसपाउलाई मङ्सीर ४ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 456 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *