नेपाल विद्युत प्राधिकरण एक कर्मचारी अख्तियारको फन्दामा

५  मङ्सीर,काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण कलैया वितरण शाखा, बारामा कार्यरत ईलेक्ट्रिक हेल्पर (तह २)  कोइरीलाई बिहिबार नियन्त्रणमा लिएको छ ।

ईलेक्ट्रिक हेल्पर राजदेव महतो कोइरीलाई   अख्तियारको टोलीले रु.९ हजार घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नं. ३ स्थित, चिया पसलबाट  पक्राउ गरेको हो।

नयाँ विद्युत मिटर जडान गर्नको लागि सिफारिस गरी दिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले कोइरीलाई पक्राउ गरेको हो।

श्रोतका अनुसार महतोलाई मङ्सीर ५ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 639 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *