राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरी दरबन्दीका सूचक धर्मेन्द्रकुमार झा घुस रकमसहित नियन्त्रणमा

२७ कात्तिक, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इटहरीबाट सूचक पदमा कार्यरत झालेलाई मंगलवार घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको छ।

राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला कार्यालय, सप्तरीमा दरबन्दी रही सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सिमा नाका हेर्ने गरी खटिएका सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झालेलाई इटहरीबाट खटिएको अख्तियारको टोलीले निजलाई रु. ५,०००।–(पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १४ स्थित, मल्हनियाँबाट उक्त घुस रकम सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरी दिने भनी सेवाग्राहीबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी को टोलीले झालेलाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार झालेलाई नियन्त्रणमालिइ थप अनुसन्धान भइरहेको छ ।


Total Page Visits: 564 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *