रुकुम जिल्ला अदालतका नायब सुव्बा रमेशकुमार खड्का उपर आरोपपत्र दायर

६  मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुव्बा रमेशकुमार खड्का उपर आरोपपत्र दायर गरिएको छ । 

खड्काले सम्मानित रुकुम जिल्ला अदालतको फैसला बमोजिम सेवाग्राहीलाई दाखिला पुर्जीको कागजात उपलब्ध गराउनु पर्नेमा नगराई विभिन्न बरबहानामा रकमको बार्गेनिङ गरी शुरुमा रु. ६० हजार र पछि विभिन्न रकम तोकी अन्त्यमा रु. १५ हजार दिनुपर्ने नत्र काम नगरिदिने भनी आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक सेवाग्राहीलाई घुस/रिसवत दिन वाध्यतामा पारी सोवापत रु. १५,०००।–लिई आउन सम्मानित अदालतको परिसरभित्रै पटक-पटक बोलाएकोमा अदालतको गरिमासमेतलाई मध्यनजर गरी सेवाग्राहीले अदालतभित्र प्रवेश गरी उक्त रकम उपलव्ध नगरेको पुष्टी भएको प्रवक्ता कोइरालाले बताए ।

श्रोतका अनुसार महतो उपर आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 589 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *