८ मङ्सीर,काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं. ६ स्थित लुम्बिनी बौद्ध विश्वविद्यालयमा कार्यरत लेखापाल तिवारीलाई आइतबार नियन्त्रणमा लिएको छ ।
लेखापाल रत्नेश्वर तिवारीलाई अख्तियारको टोलीले रू.२५ हजार रकम लिइसकेको अवस्थामा निजको कार्यालयबाट रङ्गेहात पक्राउ गरेको हो।
कार्यालयसँग सम्बन्धी विभिन्न सामाग्री आपुर्ति गरेवापत रकम भुक्तानी दिने प्रयोजनार्थ कमिसनको लागी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले तिवारीलाई पक्राउ गरेको हो।
श्रोतका अनुसार तिवारीलाई मङ्सीर ८ गते नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 646 - Today Page Visits: 2