सहायक वन अधिकृत उपर बिगो रु. २,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर

डिभिजन वन कार्यालय, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा कार्यरत सहायक वन अधिकृत (निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटा र सोही कार्यालयका कार्यालय सहयोगी (करार) प्रमोद कुमार तेलीले टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीद्वारा निजहरु कृष्ण बहादुर देवकोटा र प्रमोद कुमार तेलीलाई रु. २,००,०००।– (दुई लाख) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा डिभिजन वन कार्यालय नवलपुर, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) का सहायक वन अधिकृत (तत्कालीन निमित्त कार्यालय प्रमुख) कृष्ण बहादुर देवकोटाले सेवाग्राहीसँग नियमानुसार लिलाम बिक्री सदर भएको काठको छोडपुर्जी दिने प्रयोजनका लागि दु:ख हैरानी दिई आफ्नै कार्यकक्षमा घुस/रिसवतबापतको रकम मोलमोलाई गरी रु. २,००,०००।– (दुई लाख) घुस माग गरी सो रकम निज आफूले नबुझी निजकै निर्देशन बमोजिम कार्यालय सहयोगी प्रमोद कुमार तेलीले बुझिलिई राखेको अवस्थामा बरामद भएको पुष्टि हुन आएको हुँदा निज कृष्ण बहादुर देवकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको देखिंदा निज कृष्ण बहादुर देवकोटालाई बिगो रु. २,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।

Total Page Visits: 897 - Today Page Visits: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *