
९ मङ्सीर,काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक स्वयम्भू शाखाका तत्कालीन अधिकृत, शाखा प्रबन्धकसहित आठ जना उपर सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अनुसन्धानको क्रममा शाखा अधिकृत केदारप्रसाद गौतमले झूटा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई रकम जम्मा गरेको, रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालयहरूबाट र अन्य विभिन्न बैंकहरूबाट भुक्तानी लिएको खुलेको छ। ट्रान्सफर भएको रकम कृषि विकास बैंकका विभिन्न शाखा कार्यालय र अन्य विभिन्न बैंकहरुबाट विद्युतीय चेकमार्फत भुक्तानी लिने, नक्कली नाम तेजबहादुर थापा खडा गरी सोही नामबाट नागरिकता तथा राहदानी बनाई नेपाल छाडी विदेश फरार हुने योजनाअनुरुप भारत गई बसेको समेत आरोपत्रमा उल्लेख छ।
रकम हिनामिनामा को-को संलग्न ?

Total Page Visits: 1489 - Today Page Visits: 4