
२ मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थान, धर्मपथका तत्कालीन उप-सम्पादक तह-७ पदमा कार्यरत बासुदेव पोखरेल र त्रिभुवन विश्वविद्यालयका तत्कालीन परीक्षा प्रशासन महाशाखा प्रमुख बैकुण्ठ प्रसाद थपलिया उपर आरोपपत्र दायर गरिएको छ ।
पोखरेलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाई सेवा प्रवेश तथा बढुवा समेत भएको पाईएको छ। साथै थपलियाले गलत मनसायका साथ प्रमाणीकरण गरेको देखिएको छ।
श्रोतका अनुसार उप-सम्पादक पोखरेल र परीक्षा प्रशासन महाशाखा प्रमुख थपलिया उपर आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
Total Page Visits: 1109 - Today Page Visits: 1