
घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहले उद्योग दर्ता गर्न सहजीकरण गराई दिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज नवीनकुमार सिंहलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु. ७०,०००/- (सत्तरी हजार) लिइसकेको अवस्थामा सोही कार्यालयबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ
Total Page Visits: 1136 - Today Page Visits: 1