झुठ्ठा नक्कली शैक्षिक योग्यता हुँदा शिक्षक विरुध आरोपपत्र

प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली, सिन्धुलीमा कार्यरत शिक्षक ज्ञानु रायमाझीले कक्षा ५ मात्र पास गरेको र निजलाई शिक्षा सेवा आयोगको परीक्षामा पहिलो नं. मा पास गराएको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले विहार विद्यालय परीक्षा समिति पटना-१७ बाट जारी गरिएको हाइस्कुल तहको झुठ्ठा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी मिति २०५४।०५।१४ मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा अस्थायी नियुक्ति र मिति २०६३।०४।३० मा प्राथमिक शिक्षक (तृतीय) श्रेणीमा स्थायी नियुक्ति भई सरकारी लाभ सुविधा लिएको पुष्टि हुन आएको देखिंदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई साविक भ्रष्टाचार निवारण ऐन,  २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 1082 - Today Page Visits: 2

Leave a Reply

Your email address will not be published. Required fields are marked *