ट्रान्सफर्म जडान गरी भुक्तानी लिने सिलसिलामा घुस/रिसवत माग

घ्याङलेख गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुलीका इन्जिनियर दिलिप कुमार साहले सेवाग्राहीसँग घ्याङलेख गाउँपालिकाको बिभिन्न वडामा HT.LT तथा ट्रान्सफर्म जडानको बिद्युतीकरण सम्बन्धी कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा रु.२,२६,०००।–(दुई लाख छब्बीस हजार)गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निजलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा घ्याङलेख गाउँपालिका कार्यालय सिन्धुलीमा कार्यरत इन्जिनियर दिलिप कुमार साहले घ्याङलेख गाउँपालिका अन्तर्गतका बिभिन्न वडाहरुमा विद्युतीकरण (HT,LT तथा ट्रान्सफर्म जडान) सम्बन्धी ठेक्काको निर्माण कार्य सम्पन्न भई अन्तिम कार्य सम्पन्न प्रतिवेदन तयार गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु. १,६०,०००।– र रु. ७०,०००।– को २ (दुई) थान चेकहरुको हुन आउने जम्मा रु. २,३०,०००।– (दुई लाख तीस हजार) घुस/रिसवत स्वरुप लिई आफूसँग राखेको अवस्थामा निज इन्जिनियर दिलिप कुमार साहबाट उक्त घुस/रिसवतबापतका चेकहरु बरामद भएको अनुसन्धानबाट खुल्न आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध भएकाले निजलाई बिगो रु. २,३०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

Total Page Visits: 857 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *