
१० मङ्सीर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासहित ९ जनाउपर आरोपपत्र दायर गरिएको छ ।
गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा नायव सुब्बा गुप्ता विरुद्ध १४ करोड ८१ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वैध आयको तुलनामा १४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएकोले उक्त रकम बराबरको विगो जारी गरी जफतसमेत गर्ने तथा गुप्ताले आफूले कमाएको सम्पत्ति श्रीमती रिता देवी, छोराहरु विक्कि गुप्ता र रकि गुप्ताको नाममा लुकाएको आरोपमा उनीहरुमाथि पनि मुद्दा चलाएको छ । अन्य व्यक्तिहरु कविता कुमारी, निरज कुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवलाई पनि प्रतिवादी बनाएको छ ।
Total Page Visits: 1727 - Today Page Visits: 1