गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्सका लागि तथा मर्मत शीर्षकमा प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले रेट्रो मेन्टेनेन्सबापतको अनुदान रकम रु. २,५०,०००।– (दुई लाख पचास हजार) र मर्मत शीर्षक जम्मा रु. १,००,०००।– (एक लाख) समेत विद्यालयमा कुनै पनि कार्य नगरी बदनियतसाथ आफूले खाई मासी नेपाल सरकारको सम्पत्ति हिनामिना गरेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निज शिव कुमार साहको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले निजलाई हानिनोक्सानीको बिगो रु. ३,५०,०००।– (तीन लाख पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो रकमसमेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निजले झुठ्ठा बिल भरपाई तथा कागजातहरु तयार गरी अनुदान शीर्षकको रकम रु. ६,५०,०००।– (छ लाख पचास हजार) हिनामिना गरी खाई मासेको तथ्य स-प्रमाण पुष्टि हुन आएकोले निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले निज शिव कुमार साहलाई हानिनोक्सानीको बिगो रु. ६,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो रकमसमेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
गोरखा जिल्ला, नेपाने माध्यमिक विद्यालय, सिरानचोक-१ का प्रधानाध्यापक शिवकुमार साहसमेतले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट विद्यालयको लागि बिभिन्न शीर्षकमा प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा श्री नेपाने माध्यमिक विद्यालय सिरानचोक गोरखाको लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रावृति, पोशाक, झोलाका लागि प्राप्त रकम सम्बन्धित बिद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको, शौचालयको लागि प्राप्त रकम तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत/निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई सरकारी सम्पत्ति बदनियतसाथ हिनामिना गरेको पुष्टि हुन आएकोले भ्रष्टाचारको कसुरमा संलग्न देहायका व्यक्तिउपर देहायबमोजिमको कसुरमा देहाय अनुसार मागदाबी लिइएको छ ।
- प्रधानाध्यापक शिवकुमार साहले विद्यालयको लागि प्राप्त भएको बिभिन्न शीर्षकको सरकारी अनुदानको रकम रु. ५,९५,४००।– (पाँच लाख पन्चानब्बे हजार चार सय) बदनियतसाथ गलत कागजात तयार गरी हानिनोक्सानी गरी खाए मासेको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज शिवकुमार साहलाई बिगो रु. ५,९५,४००।– कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकमसमेत असुलउपर हुन मागदाबी लिइएको छ
- शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव-इन्जिनियर बिकास झाले शिवकुमार साहसँग मिलेमतो गरी बदनियतसाथ झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक, छात्रा शौचालय निर्माण गरी नेपाल सरकारको जम्मा रु. ३,५०,०००।– (तीन लाख पचास हजार) हिनामिना तथा हानिनोक्सानी गर्ने गराउने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको तथ्य पुष्टि हुन आएको र निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कुसर भएकाले निज बिकास झालाई बिगो रु. ३,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकम असुल उपर हुनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।