नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) अख्तियारको फन्दामा

३० असोज, काठमाडौं ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.)लाई बिहिबार घुससहित नियन्त्रणमा लिएको छ ।

अस्थायी प्रहरी पोष्ट, कठुधार महोत्तरीका प्रहरी सहायक निरीक्षक बृजेशप्रसाद चौधरीलाई अख्तियारको टोलीले कार्यालय परिसरबाट १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

नेपाल भारत सीमा बजारबाट घरमा प्रयोग गरिने सामान खरिद गरी ल्याउन सहज गराइदिन्छु भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

श्रोतका अनुसार चौधरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 3285 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *