पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत नियन्त्रणमा

पशुसेवा विभाग हरिहरभवन ललितपुरका लेखा अधिकृत रमेश कार्कीले सेवाग्राहीसँग कार्यालयसँग सम्बन्धित सूचना बिज्ञापन पत्रिकामा प्रकाशित गरिदिए पश्चात भुक्तानी दिएको रकमबाट घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज रमेश कार्कीलाई सेवाग्राहीबाट घुस/रिसवत वापतको रकम रु. ८,५००/- (आठ हजार पाँच सय) लिएको अवस्थामा सोही कार्यालयबाट उक्त रकमसहित मिति २०७६।०९।०८ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 975 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *