भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासीका खरिदार उपर बिगो रु.४०,०००।– कायम गरी आरोपपत्र दायर

भूमिसुधार तथा मालपोत कार्यालय नवलपरासी (बर्दाघाट-सुस्ता पश्चिम)का खरिदार नेत्र बहादुर चौधरी (थारु) ले मोही जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज नेत्र बहादुर चौधरी (थारु) लाई रु.४०,०००/- (चालीस हजार) घुस/रिसवत लिइसकेको अबस्थामा नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा आरोपित निज नेत्र बहादुर चौधरी (थारु) ले सेवाग्राहीको श्रीमानको नाममा रहेको जग्गा बाँडफाँड गरिदिने प्रयोजनको लागि रु. ४०,०००।– (चालीस हजार) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आई निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको स-प्रमाण पुष्टि भएकोले निज नेत्र बहादुर चौधरी (थारु) लाई बिगो रु. ४०,०००।– (चालीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ख) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Total Page Visits: 751 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *