भ्रष्टाचारी विरुध आरोपपत्र दायर गरिएको – अख्तियार

जिल्ला ओखलढुंगा, चम्पादेवी गाउँपालिका वडा नं. १ पुनाटार (साविक चम्पादेवी गाउँ विकास समिति वडा नं. १) स्थायी ठेगाना भई मिति २०५१।१२।०९ मा श्री चम्पादेवी प्राथमिक विद्यालयमा प्राथमिक तह चतुर्थ श्रेणी अस्थायी शिक्षकमा नियुक्ति भई मिति २०७५।११।२९ गते बालादेवी आधारभूत विद्यालयबाट स्वत: अवकाश लिएका सेवानिवृत्त शिक्षक खेटराज बरालले सेवा प्रवेश गर्दा पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्रहरु नक्कली रहेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा निजले मिथिला संस्कृत विश्वविद्यालय, कोरीयाही पटना भारतबाट मध्यमा तहको परीक्षा पास गरेको झुठ्ठा तथा नक्कली प्रमाणपत्रहरु पेश गरी प्राथमिक तह अस्थायी शिक्षक पदमा नियुक्ति लिई सोही तहको लाभसमेत लिएको देखिएको हुँदा निजले गरेको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको देखिएकोले निज सेवानिवृत्त शिक्षक खेटराज बराल उपर साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

तेस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा दर्ता भएको सामुहिक जबरजस्ती करणी मुद्दामा उक्त मुद्दाका प्रतिवादीहरु पुर्पक्षको लागि कारागारमा रहेको अवस्थामा बकपत्रको समयमा पीडितसमेतको बयान मिलाईदिने प्रयोजनार्थ महानगरीय अपराध महाशाखाका तत्कालीन प्रहरी सहायक निरीक्षक उमेश के.सी.ले सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा महानगरीय अपराध महाशाखा टेकु अन्तर्गत कारागार कार्यालय, सुन्धारामा कार्यरत प्रहरी सहायक निरीक्षक उमेश के.सी.ले महानगरीय प्रहरी परिसर ललितपुरबाट अनुसन्धान भएको जबरजस्ती करणी मुद्दामा अदालतमा बकपत्रको समयमा पीडितसमेको बयान मिलाई दिने प्रयोजनार्थ घुस/रिसवत मागेको र उक्त घुस रकम लिन राजी भै लिनसमेत आई उक्त घुस/रिसवत लिने उद्योग गरेको स-प्रमाण पुष्टि भएको देखिएको हुँदा निज उमेश के.सी.ले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुरको उद्योग गर्ने कसुर भएकोले घुस/रिसवत लिन उद्योग गरेको बिगो रु. ६०,००,०००।– (साठी लाख) कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम हुने सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

तेस्तै साझा प्रकाशनमा कार्यरत सहायक चतुर्थ तहका कुवेर प्रसाद उपाध्यायले सेवा र पदोन्नतिका लागि आवश्यक शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी संस्थामा काम गर्दै आएको भन्ने प्रतिवेदनउपर अनुसन्धान हुँदा निजले बिहार संस्कृत शिक्षा बोर्ड पटना भरतबाट मध्यमा तहको परीक्षा पास गरेको झुठ्ठा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी साझा प्रकाशन शाखा कार्यालय वीरगंजमा सहायक चतुर्थ पदमा नियुक्ति लिई लाभसमेत लिएको देखिंदा निज कुवेर प्रसाद उपाध्यायको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर गरेको देखिन आएको हुँदा निज कुवेर प्रसाद उपाध्यायलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

तेस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकृत शालिकराम खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने प्रतिवेदन उपर अनुसन्धान हुँदा निजले बिहार संस्कृत शिक्षा बोर्ड पटना भारतबाट पास गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरी मिति २०५३।०२।०१ देखि तत्कालीन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा रा.प.अन. तृतीय श्रेणीमा नियुक्ति भै सेवामा बहाल रही लाभसमेत लिई रहेको देखिएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर देखिएको हुँदा निज शालिकराम खनाललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र सोही ऐनको दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

ते

Total Page Visits: 970 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *